विश्व

दुर्घटनाग्रस्त इन्डोनेसियाली जेटको उडान ‘रेकर्डर’ को तथ्याङ्क भेटिएको जानकारी

इन्डोनेसिया । इन्डोनेसियाका अन्वेषकहरूले दुर्घटनाग्रस्त यात्रुवहाक विमानको उडान रेकर्डरबाट तथ्याङ्कलाई सुरक्षित फेला पारिएको इन्डोनेसियाका यातायात सुरक्षा प्रमुखले शुक्रबार जानकारी दिएका छन् । इन्डोनेसियाको घरेलु उडानमा रहेको उक्त विमान गत शनिबार अपराह्न उडेको केही क्षणमै सम्पर्क विच्छेद भएको थियो ।

उक्त विमान राजधानी जकार्ताबाट पोन्टीयानाकतर्फ उडेको थियो । विमान कम्पनीले विमानको उडान समय करिव ९० मिनेटको रहेको ५६ यात्रु र छ चालक दलका सदस्य रहेका थिए । “तथ्याङ्क सबै राम्रो अवस्थामा छ र हामी अब तथ्याङ्कको जाँच गरिरहेका छौं,” राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुख सोरजान्टो तजाहोनोले एक विज्ञप्ति जारी गरी जानकारी गराएका हुन् । यस रेकर्डरले विमानको गति, उचाई र दिशाको बारेमा जानकारी समावेश गरेको छ ।

शनिवार इनडोनेसियाकोे राजधानी जकार्ताको पानीमा दुर्घटना हुनुभन्दा अघि विमानले एक मिनेट भन्दा पनि कममा आकाशबाट १० हजार फिट ( तीन हजार मिटर) तल समुद्रमा खसी डुब्नुको कारणबारे महत्वपूर्ण सङ्केत दिन सक्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *