विश्व

इन्डोनियामा ६.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

जाकर्ता । इन्डोनियामा ६.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ।

शुक्रबार बिहान उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म तीनजनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन्।

इन्डोनेसियाको विपद् नियन्त्रण एजेन्सीले एउटा होटल र वेस्ट सुल्वेसीका गभर्नरको निवास पूर्ण रूपले क्षति भएको जनाएको छ। सात सेकेन्डसम्म जमिन हल्लिएपछि मानिसहरू घर छोडेर बाहिर निस्किएका थिए।

बिहीबार पनि सोही क्षेत्रमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *