विश्व

कोभिड- १९ भाइरसको उत्पतिको अनुसन्धान गर्न अनुसन्धानकर्ताहरु वुहानमा

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का अनुसन्धानकर्ताहरु बिहीवार चीन पुगेका छन् ।

१३ जना अनुन्सन्धानकर्ताहरु सम्मिलित डब्लूएचओको टोली कोरोना भाइरसको उत्पति भएको ठानिएको वुहान शहर पुगेका हुन् । उनीहरु अवको १३ दिनसम्म अन्तरराष्ट्रिय यात्रा सम्वन्धि स्वास्थ्य प्रोटोकल अनुसार क्वारेन्टाइनमा बस्नेछन् ।

क्वारेन्टाइन अवधि पारगरेपछि ती अधिकारीहरुले कोभिड- १९ भाइरसको उत्पतिको विषयमा चीनमा अनुसन्धान गर्ने डब्लूएचओले बताएको छ ।

शुरुमा भने डब्लूएचओले कोभिड- १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो । तर चीनले भने डब्लूएचओका अनुसन्धानकर्ताहरुलाई प्रवेश गर्न दिएको थिएन ।

गत शनिवार चीनले ती अनुसन्धानकर्ताहरुलाई अनुसन्धानको लागि अनुमति दिइएको बताएको छ । चीनको वुहान शहरमा कोभिडको भाइरस उत्पत्ति भएको बताइएको छ । बिहीवार डब्लूएचओका अनुसन्धानकर्ताहरु आइपुग्दा चिनियाँ पक्षले स्वागत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *