विश्व

थाईल्याण्डमा रोहिङ्गा मुसलमान पक्राउ

थाईल्याण्डमा गैर कानूनी रुपमा प्रवेश गरेको आरोपमा १९ रोहिङ्या मुसलमान र एक थाई महिला पक्राउ परेका प्रहरीले जानाकारी दिएको छ ।

म्यानमारबाट भागेका मुस्लिम अल्पसंख्यक समुदायको तस्करी मार्ग बन्दै गएको थाईल्याण्डको चिन्ता बढेको प्रहरीले जनाएको छ ।

म्यानमारको पश्चिमी राज्य राखिनमा सन् २०१७ जारी रहेको सैनिक कारवाहीका क्रममा लगभग सात लाख ५० हजार रोहिङ्गा मुसलमान समूदाय म्यानमारको सिमाना पार गर्दै बंगलादेशमा पुगेका थिए ।

यी मध्ये कैयौ मानव तस्करहरूको साथमा लागेर थाईल्याण्डको बाटो प्रयोग गर्दै मलेसिया र इन्डोनेसिया पुग्ने विश्वासघातपूर्ण यात्रामा लाग्ने निर्णय गर्दै आएका छन् ।

थाई प्रहरीले जारी राखेको कारबाहीको क्रममा बैंककको डोन मुएआङ जिल्लाको एउटा घरमा ती १९ रोहिग्या भेटिएका थिए । उक्त घरमा ती रोहिङ्याहरुलाई शरण दिएको आरोपमा एक थाई महिला पनि पक्राउ परेकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *