विश्व

भारतमा कोरोना संक्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या मंगलबारसम्म एक करोड चार लाख ७९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा १२ हजार ५ सय ८४ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार १ सय ७९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण १ सय ६७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ३ सय २७ जना पुगेको छ । भारतमा कोरोना भाइरस संक्रमणको कारण २ सयभन्दा कम व्यक्तिको मृत्यु मंगलबार दोस्रो दिन भएको सो मन्त्रालयले जानकारी दिएको छ

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाखभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १६ हजार ५ सय ५८ सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३ सय ६ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको र १३ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ६ सय ९१ भन्दा बढीको मृत्यु भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *