विश्व

स्पेनमा ५० वर्षयताकै ठूलो हिमपात

काठमाडौँ । स्पेनमा पछिल्लो ५० वर्षयताकै सबैभन्दा ठूलो हिमपात भएको छ ।

हिमपातले सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक राजधानी म्याड्रिडमा ८ इन्चसम्म हिउँ जमेको बताइएको छ । हवाइ उडानलगायत शहरका धेरै सडक बन्द भएका छन् ।

हिमपातका कारण अहिलेसम्म तीनजनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् । फिलोमेना नामको तूफान जिब्राल्टरको सामुद्रिक क्षेत्रबाट उत्तरतिर लागेकाले लगातार हिमपात भएको स्पेनको मौसम विज्ञान विभाग (एईएमईटी) ले जनाएको छ ।

मौसमविद्ले केही स्थानमा अझै केही समयसम्म भारी हिमपात हुनसक्ने बताएका छन् । प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकहरूलाई यात्रा नगर्न र आपतकालिन सेवाहरूको निर्देशन अनुसरण गर्न आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *