विश्व

जापानमा कोभिडबाट थप सङ्क्रमितको सङ्ख्या सात हजारभन्दा बढी

जापानमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या सात हजार १०९ पुगेको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीले शनिबार बताएका छन् ।

जापानमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ८१ हजार ९९२ पुगेको छ भने चार हजार २० कोभिड सङ्क्रमित विरामीको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार अहिले गम्भीर अवस्थामा रहेका कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या ८२७ रहेको छ । उनीहरूलाई सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखी सेवा प्रदान गरिराखिएको छ ।

महामारीको केन्द्र मानिएको राजधानी टोकियोमा शनिबार दुई लाख २६८ थप सङ्क्रमित रहेको पुष्टि गरिएको छ । एकै दिनमा राजधानीमा दुई हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएको यो लगातार तेस्रो दिन हो ।

राजधानी टोकियोमा मात्र सङ्क्रमित हुनेको सङ्ख्या ७३ हजार ४छण् पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *