फाइजरको कोरोना भ्याक्सिन लगाएको तीन हप्ता पश्चात बेलायतकी एक नर्समा पुनः कोरोना संक्रमण भएको छ । फाइजर कम्पनीले नै भ्याक्सिनको असर ९५ प्रतिशत सफल बताएकाे थियाे। विज्ञहरुले भ्याक्सिन लगाए पछि इम्युनिटी तयार हुन समय लाग्ने र यसका कारण मानिसहरुमा खोप पश्चात पनि मास्क र सामाजिक दुरी पालना कायम गर्नुपर्ने बताएका छन् ।
बेलायतको वेल्समा बसोबास गर्ने ती नर्सले आफू दोस्रो चरणको खोपको पर्खाइमा रहेको बताएकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग ती नर्सले भ्याक्सिन लगाएलगत्तै कोरोना भएका भन्दै रोष प्रकट गरिन् । उनले आफ्नो मन मरेको भन्दै रिसाएकी छन् । यसअघि पनि अमेरिकाको स्यानडियागोमा बसोबास गर्ने अर्की नर्स म्याथु डब्ल्यु फाइजरलाई भ्याक्सिन लगाएको छ दिन पछि कोरोना संक्रमण भएको थियो ।
फाइजर कम्पनीले आफ्नो भ्याक्सिनबाट संक्रमित व्यक्तिलाई २१ दिनमा दोस्रो चरणको खोप लिए उसका लागि मात्र सुरक्षा प्रदान हुने जनाएको छ । त्यसैगरी बेलायतले दोस्रो चरणको खोप दिएको तीन हप्ता बढाएर १२ हप्तासम्म पुर्याएको छ । फाइजरले पनि समय खोपको समयावधि लम्ब्याएर दिँदा बढी सुरक्षित हुने बताएको छ तर यसको कुनै तथ्याङ्क भने छैन ।




