विश्व

कोरोनाका कारण लेबनानमा १० चिकित्कसको मृत्यु, १५ आइसियुमा

कोरोनाभाइरसबाट सङ्क्रमित भएर लेबनानमा १० चिकित्सकको मृत्यु भएको छ ।

कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरु १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् ।

लेबनानको चिकित्सासम्वन्धी एउटा सवैभन्दा ठूलो संस्थाका प्रमुख रहेका चाराफ अबोले भने, “महामारीले नराम्ररी सताउने छ, सवै आम नागरिक अत्यन्त संवेदनशिल र सचेत हुन आवश्यक छ, स्वास्थ्यकर्मीहरुले पनि काम गर्दा उच्च सतर्कता अपनाउनु पर्छ ।”

लेबनानमा शुक्रबार मात्रै चार हजार ७७४ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई लाख चार हजार ६९९ रहेको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी पछिल्लो दिन थप १६ जनाको कोरोनाका कारण मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या एक हजार ५६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *