विश्व

भारतमा कोरोना संक्रमितको सङ्ख्या एक करोड चार लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड चार लाख १३ हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा १८ हजार ३ सय ४६ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड चार लाख १३ हजार ४ सय १७ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार बिहान जनाएको छ ।

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण २ सय ३४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५० हजार ५ सय ७० जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा एक करोड १६ हजार ८ सय ५९ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख २५ हजार ४ सय ४९ सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार ४ सय ८६ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १९ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ६ सय ४४ भन्दा बढीको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ९३ लाख ३६ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो बिहीबार एक दिनमा नौ लाख ३५ हजार ३ सय ६९ जनाको कोभिड–१९ परीक्षण गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *