मुख्य समाचार

फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबद्वारा डोनाल्ड ट्रम्पलाई कारबाही

काठमाडौं । अमेरिकी राष्ट्रपति संसारकै शक्तिशाली व्यक्ति हुन् । तर, तिनै शक्तिशाली पदमा बसेका डोनाल्ड ट्रम्पलाई विश्वमै लोकप्रिय रहेका सामाजिक सञ्जालहरूले कारबाही गरेका छन् ।
अमेरिकाको राजधानी वासिंगटनमा रिपब्लिकन पार्टीका समर्थकले हिंसा मच्चाएको र ट्रम्पले त्यसलाई उक्साएको भन्दै फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबले डोनाल्ड ट्रम्पको एकाउन्ट नै बन्द गरेका छन् ।

फेसबुकले २४ घन्टा तथा ट्विटरले १२ घन्टाका लागि एकाउन्ट सस्पेन्ड गरेका छन् । यस्तै, इन्स्टाग्रामले कुनै पनि भिडियो र फोटो हाल्न नमिल्ने गरी ब्लक गरिदिएको छ । युट्युबले ट्रम्पका स–साना भिडियो हटाइदिएको छ । त्यसलाई हेर्न नमिल्ने बनाएको छ ।

ट्रम्पले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई स्वीकार गर्न सकेका छैनन् । त्यसैले इलेक्टोरल मलेज मत सो गर्ने समयमा समर्थकलाई हिंसा मच्चाउन उत्प्रेरित गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *