बेइजिङ । घुस लिएको आरोपमा एक प्रतिष्ठित उद्योगपतिलाई चीनमा मृत्युदण्ड दिइने भएको छ । चीनका एक पूर्व बैंकर तथा चिनियाँ कम्युष्टि पार्टीका अधिकारी सिओमिनलाई भ्रष्टाचार र बहुविवाहको अभियोगमा मृत्युदण्डको सजाय दिइने घोषणा गरिएको छ ।
राज्य नियन्त्रित चाइना होआरोङ एसेट म्यानेजमेन्टको नियामकका रूपमा काम गरेको समयमा सिओमिनले १० वर्षमा १ दशमलब ७९ अर्ब युआन घुस लिएको अदालतले ठहर छ । सिओमिन चीनका वरिष्ठ अर्थशास्त्री हुन । उनले पिपुल्स बैंक अफ चाइनाको विभिन्न पदमा रहेर काम गरेका थिए । चिनियाँ अधिकारीहरुका अनुसार सिओमिनले चाइना हुवारोङ एसेट म्यानेजमेन्टको प्रमुख हुँदा घुस लिएका थिए ।
मानवअधिकार संस्थाहरुले मृत्युदण्डको फैसलाको विरोध गरेको छ । सिओमिनको अपराधका लागि मृत्युदण्ड निकै कठोर सजाय भएको उनीहरुको भनाइ छ । आफ्नो पदको दुरूपयोग गर्दै उनले मानिसहरूलाई जागिर दिन, बढुवा गर्न र ठेक्का पार्न पनि भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ ।
पत्नीबाहेक अर्की महिलासँग सम्बन्ध बनाएको र उनीबाट सन्तान पनि जन्माएका उनलाई विवाहोत्तर सम्बन्धमा पनि दोषी करार गरिएको छ । सिओमिनले राज्य कोषबाट २ करोड ५० लाख युआन हिनामिना गरेको अदालतको ठहर छ ।
उनीमाथि सन् २०१८ को अप्रिलदेखि अनुसन्धान थालिएको थियो । अनुसन्धानको क्रममा नै उनलाई चिनियाँ कम्युनिष्ट पार्टीबाट निष्कासित गरिएको थियो ।




