विश्व

हत्या अभियोगमा ट्रम्पसहितका ४८ उच्च अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी

एजेन्सी। अभियोगमा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ४८ अमेरिकी उच्च अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित ४८ अमेरिकी उच्च अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

इरानले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड नोटिस पठाउँदै राष्ट्रपति ट्रम्पसहितका अमेरिकी अधिकारीहरुको गिरफ्तारीको माग गरेको अलजजिराले जनाएको छ ।

सन् २०२० को जनवरी ३ मा इराकको बगदादमा ड्रोन आक्रमण गरी अमेरिकाले जनरल सुलेमानीको हत्या गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *