विश्व

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमणबाट एक लाख ५० हजार १ सय १४ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित रहेका र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको जनाएको छ ।

भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन् । दिल्लीमा भने ४ हजार ५ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् । यहाँ १० हजार ६ सय ९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा जनवरी ५ सम्म १७ करोड ७४ लाख नमूना परीक्षण गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *