काठमाडौं । ८० वर्षीया न्यान्सी पेलोसी चौथोपटक अमेरिकी सभामुख बनेकी छन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले उनलाई आइतबार सभामुखमा पुनः निर्वाचित गरेको हो ।
पेलोसी १७ वर्षदेखि हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टी नेता रहँदै आएकी छिन् । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिपछिको शक्तिशाली पदका रुपमा सभामुखलाई लिइन्छ । यदि राष्ट्रपति र उपराष्ट्रपति काम गर्न नसक्ने अवस्था भएमा सभामुख नै अमेरिकी राष्ट्रपति हुने प्रावधान छ ।
गत नोभेम्बर ३ मा माथिल्लो सदन सिनेटका लागि एक सयमध्ये ३५ सिटमा निर्वाचन भएको थियो भने तल्लो सदनका सबै सिटमा निर्वाचन भएको थियो ।




