विश्व

कमला ह्यारिसले लगाइन् कोरोनाविरुद्धको खोप

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छिन्।

ह्यारिसले मोडेर्नाले निर्माण गरेको खोपको पहिलो डोज लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मोडेर्नाको खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।

खोप लगाएपछि ह्यारिसले भनिन्, ‘म सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्न चाहन्छु। यो लगाउँदा दुख्दैन। खोप लगाउने काम चाँडै हुन्छ। यो सुरक्षित छ’

यसअघि अमेरिकाले फाइजर र बायोएनटेकले बनाएको कोरोना खोप प्रयोगका लागि अनुमति दिइसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *