विश्व

कोरोनाको खोप : “स्पुतनिक भि” प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस

मस्को। रसियामा निर्मित कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक भि प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ ।

यसअघि रुसले यसको प्रयोग गरेको थियो । यो खोपको विकास पनि रुसमा नै एक सरकारी निकायले गरेको थियो ।

स्पुतनिक भि खोप उत्पादन गर्ने निकायको आधिकारिक सामाजिक सञ्जालमा लेखिएको छ, “यो खोप प्रयोग गर्ने देशहरुको सूचीमा बेलारुस दोस्रो भएको छ, बेलारुसमा आम नागरिकलाई पनि यो खोप लगाउन थालिएको छ ।”

सो निकायले आफ्नो खोप विश्वसनीय र प्रभावकारी भएको, तर शरीरमा कुनै प्रतिकूल प्रभाव नपर्ने दाबी पनि गरेको छ ।

स्पुतनिक भि खोप लगाएकाहरुलाई लाभ नै भएको र धेरैले राहत महसुस गरेको सो निकायले सामाजिक सञ्जालमा लेखेको छ ।

रुसका स्वास्थ्यमन्त्री दिमित्री पिनेभिचले कोरोनाविरुद्धको खोप प्रयोग गर्ने अवसरलाई बेलारुसले राम्रोसँग प्रयोग गरेको बताए ।

बेलारुसमा सोमबार एक दिन मात्रै एक हजार ८ सय १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने अहिलेसम्म एक लाख ८८ हजार ५ सय ८८ जना संक्रमित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *