विश्व

चीनको कैयुवान सहरमा चक्कु आक्रमण, सात जनाको मृत्यु

उत्तरपूर्वी चिनियाँ एक शहरमा आइतबार बिहान सडकमा चक्कु आक्रमण हुँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको र सात अन्य घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

लिओनिङ प्रान्तको कैयुवान सहरमा भएको उक्त आक्रमणमा कुनै आतङ्ककारी समूहले गराएको हुनसक्ने सम्भावनालाई अधिकारीहरूले अस्वीकार गरेका छन् ।

कैयुवान सहरको एक रेस्टुरेन्टको नजिक बिहान ८ः१४ मा भएको र घटना व्यक्तिगत आवेगका कारण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि खुल्न आएको स्थानीय प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनामा सात व्यक्तिको मृत्यु भएको छ भने अन्य सात व्यक्ति घाइते भएका छन् ।

प्रहरीले घटनामा सम्लग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा स्रोतले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *