विश्व

वासिङ्टनमा मार्च ३१ सम्म स्वास्थ्य सङ्कटकाल

वासिङ्टन। अमेरिकाको वासिङ्टन डिसीमा स्वास्थ्य सङ्कटकालको समयावधि लम्व्याइएको छ । स्वास्थ्य सङ्कटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ ।

“आज मेयर मुरिएल बोसेरले एउटा आदेश जारी गर्दै कतिपय गतिविधिमा प्रतिवन्ध लगाउनु भएको छ,” कार्यालयका एक अधिकारीले भने ।

स्वास्थ्य सङ्कटकाल लगाइएको बारेमा सरकारी अधिकारीले शुक्रबार बेलुका जानकारी दिएका हुन् ।

विषेश गरेर क्रिसमस र नयाँ बर्ष मनाउनका लागि धेरै भीडभाड तथा चहलपहल हुने र त्यही क्रममा कोरोना भाइरसको संक्रमण थप फैलिने खतरा देखिएकाले सङ्कटकाल लम्ब्याइएको उनीहरुको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले गत बर्षको मार्च ११ तारिखमा कोरोना भाइरसको असरलाई महामारी घोषणा गरेको थियो ।

कोरोना भाइरसका कारण विश्वभरि अहिलेसम्म सात करोड ५६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने १६ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

ती मध्ये सबैभन्दा धेरै अमेरिकामा मात्रै तीन लाख १३ हजारभन्दा बढीको मृत्यु भएको र एक करोड ७४ लाखभन्दा बढी संक्रमित भएको अधिकारीले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *