विश्व

अमेरिकी विदेशमन्त्री पोम्पेओ क्वारेन्टाइनमा

वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बस्न लागेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि उनलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उनी क्वारेन्टाइनमा बस्न लागेको बताइएको छ ।

उनी कोभिड १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बस्ने भएको बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– ‘विदेशमन्त्री पोम्पेओ कोही कोभिड १९ संक्रमितको सम्पर्कमा आएको थाहा भएकोले उहाँ क्वारेन्टाइनमा बस्नुहुनेछ र ती संक्रमित व्यक्तिको पहिचान उनको गोपनीयताको अधिकारका कारण भनिएको छैन ।’

उनको तत्काल गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ तर पनि सिडीसीको मापदण्डअनुसार कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले उनी क्वारेन्टाइनमा बस्नुपर्ने भएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

उनी चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *