विश्व

भारतको गणतन्त्र दिवसका प्रमुख अतिथि बेलायतका प्रधानमन्त्री जोनसन

काठमाडौँ । वेलायतका प्रधानमन्त्री बोरिस जोनसन सन् २०२१, जनवरीमा भारत भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री जोनसनले उक्त भ्रमणमा दुवै देशको कुटनीतिक सम्बन्ध बलियो हुने तथा रोजगरी तथा वेलायतमा लगानी गर्ने बारेमा छलफल हुने बताएका छन् ।


ब्रेक्जिट पछिको उनको यो पहिलो भारत भ्रमण हुनेछ, उनले इन्डो-प्यासिफिक सम्झौतामा बेलायतको संलग्नता बढाउने आफ्नो प्रतिबद्धतालाई कायम गर्दै भारत भ्रमण गर्न लागेका हुन् ।

जनावरीमा हुने भ्रमणलाई वेलायतले यस वर्षको राम्रो शुरुवात हुने बताएको छ ।

वेलायत तथा भारत, दुवै पक्षका ठुला लगानीकर्ता हुन् र करिब २४ बिलियन लगानी रहेको छ भने आधा मिलियन रोजगारी उपलब्ध भएका छन् ।

उनले भारतको गणतन्त्र दिवसको अवसरमा भ्रमण गर्ने भएका छन् । जनवरी २६ को गणतन्त्र दिवसमा प्रधानमन्त्री जोनसन दोश्रो वेलायत प्रमुख हुनेछन् जसले गणतन्त्र दिवसको अवसरमा हुने परेडमा प्रमुख अतिथिको सम्मान पाउनेछन् ।

यस भन्दा पहिला सन् १९९३ मा वेलायतका पुर्वप्रधानमन्त्री जोन मेजरले गणतन्त्र दिवसको दिन भ्रमण गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *