विश्व

अमेरिकामा आजदेखि कोरोनाविरुद्धको फाइजर खोप लगाइँदै

एजेन्सी । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । अमेरिकामा अहिलेसम्म एक करोड ६७ लाखभन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये तीन लाखभन्दा भन्दा धेरैको मृत्यु भएको छ ।

अमेरिकाले पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकलाई खोप दिन लागेको छ । पहिलो चरणको खोप वितरण सकिएपछि केही दिनमै दोस्रो चरण सुरु गरिने र यसले धेरैको ज्यान जोगाउने विश्वास लिइएको छ ।

पहिलो दिन विभिन्न राज्यका १४५ ठाँउमा खोप लगाउने व्यवस्था मिलाइएको छ । मंगलबार अन्य ४२५ ठाउँमा खोप दिइने बताइएको छ । अमेरिकाको खाद्य तथा औषधि विभाग ‘एफडीए’ अमेरिकाले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएलगत्तै खोप अभियान सुरु भएको हो ।

यो खोप पहिलोपल्ट बेलायत र त्यसपछि क्यानडाले लगाउन थालिसकेका छन् । साउदी अरेबिया र बहराइनले पनि अनुमति दिइसकेका छन् । पहिलो चरणमा ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख नागरिकलाई खोप दिइनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *