विश्व

अमेरिकामा सोमबारदेखि कोभिडविरुद्ध फाइजर भ्याक्सिन लगाइँदै

एजेन्सी । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप अभियान सोमबारदेखि सुरु हुने भएको छ। फाइजर तथा बायोएनटेकले तयार पारेको खोपलाई शनिबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले स्वीकृति दिएलगत्तै खोप लगाइने भएको हो ।

यो खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। खोप सुरक्षित तरिकाले सबै राज्यमा पुर्‍याइने अमेरिकी अधिकारीहरुले बताएका छन्। अधिकारीहरुका अनुसार खोपको पहिलो ३० लाख डोजको खेप सबै राज्यमा पुर्‍याइनेछ।

एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो । खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पुर्‍याइने अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ ।

विश्वभर मृत्यु हुनेहरुको संख्या १६ लाख

कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेहरुको संख्या १६ लाख नाघेको छ।  जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार १६ लाख ३ हजार ४ सय १५ संक्रमितको मृत्यु भएको हो।अमेरिकामा २ लाख ९७ हजार ६ सय ७४, ब्राजिलमा १ लाख ८१ हजार १ सय २३, भारतमा १ लाख ४२ हजार ६ सय २८, मेक्सिकोमा १ लाख १३ हजार १९ र बेलायतमा ६४ हजार १ सय २३ जनाको मृत्यु भएको छ। 

यस्तै, इटालीमा ६४ हजार ३६, फ्रान्समा ५७ हजार ६ सय ७१, इरानमा ५१ हजार ९ सय ४९ र स्पेनमा ४७ हजार ६ सय २४ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या १ करोड ६० लाख ३५ हजार ५ सय ३७, भारतमा ९८ लाख २६ हजार ७ सय ७५, ब्राजिलमा ६८ लाख ८० हजार १ सय २७ र रुसमा २६ लाख २ हजा ४८ जना रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *