विश्व

अमेरिकाको टाइम म्यागेजिनद्वारा २०२० वर्ष व्यक्तिको घोषणा

काठमाडौँ । अमेरिकाको टाइम म्यागेजिनले २०२० वर्ष व्यक्तिको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिका लागि निर्वाचित भएका जो बाइडेन र उपराष्ट्रपतिमा विजयी कमला ह्यारिस संयुुक्त रुपमा वर्ष व्यक्ति घोषणा भएका छन् । टाइम म्यागेजिनले १९२७ देखि पर्सन अफ द इयर चयन गर्दै आइरहेकोे छ ।

यसपटक वर्ष व्यक्तिको दौडमा अमेरिकी चिकित्सा–विज्ञ डाक्टर एन्थोनी फाउची, रेसियल जस्टिस मुुभमेन्ट र राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि समावेश थियो । गत महिना चुनावमा जो बाइडेनले डोनाल्ड ट्रम्पलाई हराएका थिए । बाइडेनले २० जनवरीमा पदको सपथ लिनेछन् । ट्रम्पले भने अहिलेसम्म हार स्वीकारेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *