विश्व

फाइजर खोपको लोकप्रियता बढ्यो, क्यानडाले पनि दियो स्वीकृति

एजेन्सी । कोरोना भाइरसविरुद्ध अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले उत्पादन गरेको खोपले विश्वव्यापी लोकप्रियता पाउने सम्भावना देखिएको छ ।

बेलायतले मास भ्याक्सिनेसन सुरु गरेको छ । अब क्यानाडाले पनि कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउन स्वीकृति दिएको छ ।

क्यानाडाको स्वास्थ्यसम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोप १६ वर्षभन्दा माथिका नागरिकलाई लगाउन अनुमति दिइएको बताएको छ ।

द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले फाइजर खोपको प्रभावकारिता र स्वास्थ्य सुरक्षाबारेको अनुसन्धानपछि खोप लगाउन सुरक्षित देखिएकाले अनुमति दिएको जनाएको छ ।

अब अर्को साताबाट क्यानाडामा सो खोप लगाइने भएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्को हप्तासम्ममा यो खोप क्यानाडामा आइपुग्ने जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *