विश्व

बाइडेनको मनोनयनः अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिनको सम्भावना

अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनयन गरेको अमेरिकी अखबारहरुले बताएका छन् ।

अमेरिकी सेनाका अवकाशप्राप्त चारतारे जनरल अस्टिन विगतमा अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर थिए । सिनेटले अनुमोदन गरेमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनि पहिलो अश्वेत हुनेछन् ।

यद्यपी औपचारिक घोषणा भने आगामी क्रिसमस अघि मात्र गरिने बाइडेनका सहयोगीहरुले बताएका छन् । बाइडेनले यसअघि नै राष्ट्रिय सुरक्षा सल्लाहकार सहित स्वास्थ्य टोली र ह्वाइट हाउसका वरिष्ट सल्लाहकारहरुको टोली घोषणा गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *