शिक्षा / स्वास्थ्य

भ्याक्सिन लगाएका हरियाणाका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

एजेन्सी। यतिबेला सम्पूर्ण विश्व कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको पर्खाइमा छ । केही देशले तेस्रो चरणको परीक्षणमा रहेका भ्याक्सिन प्रयोग गर्न थालेका छन् । रसिया, चीनलगायतका केही देशमा भ्याक्सिन लगाउन थालिएको छ ।

यसैक्रममा कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाइसकेपछि पनि भारतको हरियाणा राज्यका स्वास्थ्य मन्त्री अनिल विजलाई कोरोना संक्रमण भएको छ । शनिबार अनिल विजले ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन् । विजले यसअघि कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाएका थिए । भारत बायोनटेकले विकास गरेको कोभ्याक्सिन नामको भ्याक्सिनको फेज ३ ट्रायलमा उनी पनि भ्याक्सिन लगाउने स्वयंसेवक थिए । यस विषयमा बहस बढेपछि भारत बायोनटेकले सफाइ दिएको छ ।

भारत बायोनटेकले एक बयान जारी गर्दै कोभ्याक्सिन २८ दिनको फरकमा दुई डोज दिइनुपर्ने र दोस्रो डोज दिएको १४ दिनपछि मात्रै यसको प्रभावकारिता थाहा हुने बताएको छ । कोभ्याक्सिनलाई २ डोज दिएपछि मात्रै असर देखाउने गरी बनाइएको कम्पनीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *