वासिंगटन । अमेरिकामा कोरोना भाइरसको दोस्रो लहर झन् तीव्र ढंगले फैलिरहेको छ । पछिल्लो समय संक्रमणसँगै मृत्युदर पनि बढेको छ ।
अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख ७७ हजार नाघेको छ।
अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ४१ लाख पुगिसकेको छ, जसमध्ये ८३ लाख ३३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ६ करोड ४१ लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । चार करोड ४४ लाख ४२ हजार संक्रमणमुक्त भएका छन्।




