शिक्षा / स्वास्थ्य

क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

बेल्ग्रेड । क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

श्रीमतीलाई संक्रमण पुष्टि भएपछि गत शनिबार प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएपछि अहिले उनी दश दिनका लागि सेल्फ आइसोलेसनमा बसेका छन् ।

पहिलो पटक परीक्षण गर्दा नेगेटिभ देखिए पनि स्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *