विश्व

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन कुकुरसँग खेल्दा घाइते

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन घाइते भएका छन् । शनिबार आफ्नो कुकुर ‘मेजर’ सँग खेल्ने क्रममा बाइडेन चिप्लिएर घाइते भएको अमेरिकी समाचारमाध्यम सीएनएनले जनाएको छ ।

आइतबार डाक्टरहरुले जारी गरेको विज्ञप्तिमा बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्र्याक्चर’ भएको केही हप्तासम्म ‘वाकिङ बुट’ आवश्यक पर्ने बताइएको छ ।

आइतबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै बाइडेनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *