विश्व

ट्रम्पको घोषणा, परिणाम औपचारिक रुपमा घोषणा भएलगत्तै ह्वाइट हाउस छाड्छु

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ह्वाइट हाउस छाड्ने घोषणा गरेका छन् । राष्ट्रपति चुनावको परिणाम औपचारिक रुपमा घोषणा भएलगत्तै आफूले ह्वाइट हाउस छोड्ने उनले घोषणा गरेका हुन् ।
आफ्ना प्रतिस्पर्धी जो बाइडेनले इलेक्टरल कलेजले जितेको प्रमाणीकरण गरेमा ह्वाइट हाउस छोड्ने घोषणा गरेका हुन् ।
अमेरिकी चुनावी परिणामको औपचारिक नतिजाका लागि डिसेम्बर १४ मा इलेक्टरल कलेजको बैठक बस्नेछ । राष्ट्रपति चयनको लागि भएको मतदानमा वाइडेनले ३०६ र ट्रम्पले २३२ मत पाएका छन् । अमेरिकामा राष्ट्रपति बन्नको लागि २७० सीट आवश्यक पर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *