एजेन्सी/ रसियामा कोरोना भाइरस संक्रमणको दर तीव्र रुपमा फैलिएको छ । रसियामा तीव्र फैलिएको संक्रमण दरलाई हेर्दै विश्व स्वास्थ्य संगठनले युरोपमा कोरोनाको तेस्रो लहर सुरु भएको चेतावनी दिएको छ ।
सोमबार रसियामा २४ घन्टामा २५ हजार १७३ संक्रमित थपिएका छन् । जुन एकदिनको सर्वाधिक संख्या हो । रसियामा हालसम्म कोरोना संक्रमितको संख्या २१ लाख १४ हजारभन्दा बढी पुगेको छ ।
फेडरल रेस्पोन्स सेन्टरका अनुसार यसअघि २१ नोभेम्बरमा रसियामा एकैदिन २४ हजार ८२२ जना संक्रमित थपिएका थिए । चिसो मौसम सुरु भएकाले पनि युरोपमा संक्रमण तीव्र फैलिरहेको डब्लुएचआले जनाएको छ ।
रसियाले यसअघि नै कोरोनाविरुद्धको भ्याक्सिन बनाएको दाबी गरेको थियो । ‘स्पुतनिक फाइभ’ नामक भ्याक्सिनले संक्रमितमा धेरै असर गरेको भन्दै तेस्रो चरणको परीक्षणमै सर्वसाधारणलाई लगाउन अनुमति दिइएको थियो । तर, डब्लुएचओले रोकेको थियो ।




