काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः फैलिएपछि भारतको दिल्ली सरकारले नयाँ नियम लागू गरेको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार मास्क नलगाई हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना लाग्ने नियम लागू गरेका हुन् ।
यसअघि दिल्लीमा मास्क नलगाई हिँड्नेलाई पाँच सय रुपैयाँ जरिवाना लाग्दै आएकोमा बिहीबारदेखि दुई हजार बढाइएको हो ।
छठ पर्वलाई ध्यानमा राख्दै दिल्ली सरकारले यस्तो नियम लगाएको हो । दिल्लीमा विगत २४ घन्टामा एक सय ३१ जनाको मृत्यु भएको छ । भारत सरकारले छठ पर्व उल्लासमय ढंगले नमाउन आग्रह गरेको छ ।




