काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले एरिजोना राज्यमा पनि जित हासिल गरेका छन् । डेमोक्रेटिक पार्टीका बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ११ हजार बढी मतले हराएका हुन् ।
११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेनले ट्रम्पलाई ११ हजारभन्दा बढी मतले हराएका हुन् । बाइडेनले एरिजोनामा १६ लाख ६८ हजार ६ सय ८४ मत प्राप्त गर्दा ट्रम्पले १६ लाख ५७ हजार २ सय ५० मत प्राप्त गरे ।
योसँगै बाइडेनले २९० इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले २१७ भोट पाएका छन् । चुनावमा पराजित भए पनि अहिलेसम्म ट्रम्पले हार स्वीकार्न सकेका छैनन् ।




