काठमाडौं । बिहारका मुख्यमन्त्री नितिश कुमारले १६ नोभेम्बरका दिन सातौंपटक मुख्यमन्त्रीको सपथ लिने भएका छन् । भारतीय मिडियाका अनुसार दीपावलीको दिन पारेर उनले मुख्यमन्त्रीको सपथ लिन लागेका हुन् ।
हालै सम्पन्न बिहारको विधान सभा निर्वाचनमा एनडीयले १२५ सिट हासिल गरेको हो । बिहारमा सरकार बनाउन १२२ सिट आवश्यक पर्छ । नितिश कुमारको जनता दल युनाइटेडले ४३ सिट हासिल गरे पनि सरकार उनकै नेतृत्वमा बन्ने भएको हो ।
यसपटकको विधानसभा निर्वाचनमा लालु यादवको राष्ट्रिय जनता दलले ७५ सिट जितेर पहिलो र भारतीय जनता पार्टीले ७४ सिट जितेर दोस्रो बनेका छन् । नितिश कुमारले यसपटक अन्तिमचोटि मुख्यमन्त्री बन्ने भनेर भोट मागेका थिए ।




