विश्व

पद छाड्नु दुई महिनाअघि ट्रम्पद्वारा रक्षामन्त्री बर्खास्त

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइटहाउसमा बस्न अब दुई महिना मात्र बाँकी छ । आज नोभेम्बर १० तारिख । जनवरी २० तारिखका दिन नयाँ राष्ट्रपति जो बाइडेनले पद तथा गोपनीयताको सपथ लिएपछि ट्रम्प ह्वाइटहाउसबाट बिदा हुनेछन् ।

तर, कार्यकालको अन्तिम समयसम्म पनि ट्रम्प विवादमुक्त रहेनन् । उनले आजै मात्र रक्षामन्त्री मार्क एस्परलाई बर्खास्त गरेका छन् । मंगलबार ट्विटमार्फत उनले रक्षामन्त्री बर्खास्त गरेको जानकारी गराएका हुन् ।

ट्रम्पले मार्कको ठाउँमा राष्ट्रिय प्रतिआतंकवाद केन्द्रका प्रमुख क्रिष्टोफर मिलरले निमित्त रक्षामन्त्रीको काम गर्ने जानकारी दिएका छन्। आफ्नो कार्यकाल सकिन दुई महिनामात्र बाँकी रहँदा रक्षामन्त्री किन हटाए भन्ने एकिन भइसकेको छैन।

आफ्नो कार्यकाल सकिन लाग्दा पनि मन्त्री हटाउनुले ट्रम्प सजिलैसँग डेमोक्र्याट पार्टीका जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न इच्छुक छैनन् भन्ने सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *