विश्व

फाइजरले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप ९४ प्रतिशत प्रभावकारी


एएफपी । औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ ।    

कम्पनीले ४३ हजार ५३८ विभिन्न स्थानका सङ्क्रमितमा औषधिको प्ररीक्षण गरिएको र यसको ९४ प्रतिशत सकारात्मक रहेको भन्दै क्लिनिकल परीक्षणलाई अझै जारी राखिएको जनाएको छ ।    

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार खोपको प्रभावकारितासम्बन्धी समाचारलाई ‘खुशीको खबर’ भन्नुभएको छ ।    

“खोप छिट्टै आउदैछ । यसले स्टक बजार ह्वात्तै बढ्नेछ । खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा बढी पाइएको छ । यो विशेष समाचार हुनसक्छ,” ट्रम्पले खोपको प्रभावकारितासम्बन्धी समाचार सार्वजनिक भएपछि गरेको ट्वीटर सन्देशमा उल्लेख छ ।    

ट्रम्प प्रशासनले कोभिड–१९ महामारी नियन्त्रणका लागि आवश्यक कदम नचालेको आरोप अमेरिकीहरूले नै लगाउने गरेका छन् । ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा आएको जनमतलाई पनि यसै विषयसँग जोडेर हेरिएको छ ।    

 अमेरिकामा अहिलेपनि कोरोनाभाइरस सङ्क्रमण दर उच्च रहेको र यो नियन्त्रणमा आउने कुनै सङ्केत नदेखिएको भनी राष्ट्रपति ट्रम्पको आलोचनासमेत भएको छ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *