विश्व

महामारीका बीचमा अमेरिकामा चुनावी अभियान तीब्र

न्यूयोर्क– अमेरिकामा मंगलबार हुने राष्ट्रपतीय निर्वाचनपूर्व राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक दलका उम्मेदवार जो बाइडनको अन्तिम चरणको चुनावी प्रचारप्रसारले तीव्रता पाएको छ।

राष्ट्रपति ट्रम्पले कडा चुनावी प्रतिस्पर्धा हुने पाँच वटा राज्यहरूको भ्रमण गर्दै छन्  भने उनका प्रतिस्पर्धी बाइडनले महत्त्त्वपूर्ण मानिएको पेनसल्भेनिया राज्यमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । राष्ट्रिय मतसर्वेक्षणहरूमा हालसम्म बाइडनको अग्रता कायमै रहेको छ तर चुनावी मतपरिणाममा निर्णायक मानिने राज्यहरूमा भने राष्ट्रपति ट्रम्प र बाइडनबीच कडा टक्कर हुने देखिएको छ।

अहिलेसम्म अमेरिकी इतिहासमै सबैभन्दा धेरै ९ करोडभन्दा बढी मतदाताहरूले चुनावको मुख्यदिन अगावै मतदान गरिसकेका छन्।कोरोनाभाइरसको महामारीका बीच अमेरिकामा राष्ट्रपतीय चुनाव हुँदैछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *