विश्व

गोनी आँधी कारण फिलिपिन्समा कम्तीमा १० जनाको मृत्यु

मनिला– फिलिपिन्समा यस वर्ष कै सबैभन्दा शक्तिशाली गोनी नामका आँधी कारण कम्तीमा १० जनाको मृत्यु भएको छ।

२ सय २५ किलोमिटर प्रति घण्टामा आएको आँधीका कारण त्यहाँ ठूलो वर्षा हुनुका साथै कतिपय स्थानमा बाढी पनि आएको थियो। अहिले भने आँधी कमजोर भएको जनाइएको छ। तर लुजोन टापुमा भने आँधीले अझै क्षति पुर्‍याइ नै रहेको छ।

आँधी आएपछि कैयौँ घरहरु भत्किएका छन् भने कतिपय स्थानमा विद्युत आपूर्ति पनि ठप्प रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *