विश्व

फ्रान्समा पुन: एक महिने लकडाउन : विद्यालय भने खुल्ने

कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढेपछि फ्रान्समा लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले पुनः देशभर शुक्रबारदेखि नोभेम्बरको अन्त्यसम्म लकडाउनको घोषणा गरेको बीबीसीले जनाएको छ ।

अत्यावश्यक काम र स्वास्थ्य सम्बन्धी कामबाहेक अन्य काममा मानिसलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। रेस्टुरेन्ट तथा बारहरू बन्द हुनेछन्। यद्दपि विद्यालय र उद्योगहरू भने खुल्नेछन्।

फ्रान्समा बुधबार अप्रिल महिना यताकै सबभन्दा बढी दैनिक संक्रमित देखिएका थिए। बुधबार ३६ हजार ४३७ नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै २४४ संक्रमितको ज्यान गएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *