विश्व

यूरोपका ८० प्रतिशत ‘प्राकृतिक बासस्थान’ अतिक्रमित : अध्ययन

कोपेनहेगन । युरोपेली संघअन्तर्गतका मुलुकहरूमा रहेका रहेका ८० प्रतिशतभन्दा बढी प्राकृतिक वासस्थानहरू खराब अवस्थामा रहेकोले उनीहरूको सुरक्षाका लागि भइरहेका काममा थप पहल गरिनुपर्ने युरोपेली वातावरण संरक्षण निकाय (इईए) ले हालै सार्वजनिक एक अध्ययन प्रतिवेदनमा बताएको छ ।

सन् २०१३–२०१८ सम्मको अवधिको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इईएले भनेको छ सन् २००७–२०१२ सम्ममा ७७ प्रतिशत प्राकृतिक वासस्थान प्रतिकुल अवस्थामा रहेका थिए । “हामीले युरोपमा ठूलो मात्रामा पुनः स्थापना गर्नु आवश्यक छ,” उक्त रिपोर्टका लेखक इईए विज्ञ कार्लोस रोमाओले पत्रकारसँग भने ।

“यो जैविक विविधताको लागि मात्र नभइ जलवायु परिवर्तन विषयका लागि पनि आवश्यक छ,” उनले भने । साधारण खेत र ओसिलो जमिनमा बसोबास गर्ने खासगरी स्काइरलार्कजस्ता दुर्लभ पंक्षीजन्य प्रजातिहरू प्रतिकुल वासस्थानका कारण यस यूरोप महाद्वीपमा घटिरहेको प्रतिवेदनमा उल्लेख छ ।

यूरोपमा वासस्थान वा त्यहाँ बस्ने प्रजातिहरूले सघन कृषि, शहरी विकास, पर्यटन र मनोरञ्जन केन्द्र र ससंरक्षित वन गतिविधि र प्रदुषणजस्ता कैयौँ दवावहरूको सामना गरिरहेका अध्ययनले देखाएको छ ।

यसका साथै मौसम परिवर्तन, बढ्दो खडेरी र घट्दो वर्षासँगै थप चुनौतीहरू खडा भएका छन् ।

छ वर्षको अध्ययनमा इएएले बेलायतलगायत इयू सदस्य राष्ट्रहरूमा वातावरणलाई हानी पुर्‍याउने ६७ हजार प्रकारका मानवीय गतिविधिहरूलाई विवरणमा समावेश गरेको छ, जुन अघिल्लो पाँच वर्ष (सन् २००७–२०१२) को तुलनामा पाँच प्रतिशतले कमी हो । इयूमा चरा प्रजातिहरूको आधाभन्दा कम अर्थात् ४७ प्रतिशतले ‘राम्रो’ संरक्षण पाएका छन् ।

प्राकृतिक बासस्थान विनास बाली तथा फलफुलमा परागसेचनका महत्वपूर्ण हुने हुनाले जैविक विविधताका लागि महत्वपूर्ण मानिन्छ । उनीहरूको संरक्षण स्थिति अन्य भन्दा धेरै प्रतिकूल भएको रिपोर्टले देखाएको छ ।

सबै अवस्थामा गम्भीर भने छैन
पंक्षीजन्यभन्दा पशु प्रजातिहरूको सङ्ख्यात्मक संरक्षण स्थिति ‘राम्रो’ देखिएको छ । अघिल्लो पाँच वर्षको तुलनामा हालै सार्वजनिक रिपोर्टमा चार प्रतिशतले सुधार अर्थात् २७ प्रतिशत रहेको छ ।

संरक्षण प्रयासहरू भइरहेका छन् । इयूको नाटुरा २००० सञ्जालले समेटेको प्राकृतिक वासस्थान संरक्षण अन्य कार्यक्रमको तुलनामा राम्रो देखिएको इएएले जनाएको छ । परिणामतः स्वीडेनमा चपल भ्यागुता, फ्रान्सको तटीय लगगन र इयूभरि दाह्री गिद्धजस्ता धेरै प्रजाति र तीनका आवास सुधारिएका छन् ।

डेनमार्क वातावरणीय समूह नूह, ‘फ्रेन्ड्स अफ द अर्थ’ छाता संगठनका सदस्यले भने कि यो पर्याप्त थिएन ।

“कम्तिमा ३० प्रतिशत भूमि र इयूमा ३० प्रतिशत समुद्री क्षेत्र कानूनको हिसाबले सुरक्षित हुनुपर्दछ र वातावरणीय कोरिडोरहरूलाई वास्तविक ट्रान्स–युरोपियन प्रकृति नेटवर्कको हिस्सा बनाउनुपर्दछ,“ यो अक्टोबरको सुरुमा गरिएको एक अध्ययनमा भनिएको छ ।

इयूको नाटुरा २००० मा समेटिएको इयूको १८ प्रतिशत भूमिमा सन् २०१२ को तुलनामा सन् २०१९ मा अपरिवर्तित देखिएको छ भने १० प्रतिशत तटीय क्षेत्रमा चार प्रतिशतको सुधार देखिएको छ ।

डेनिसको वातावरण समूह, नोएह,जुन ‘फ्रेन्डस् अफ द अर्थ’ को छाता संगठनको सदस्यले भने संरक्षण सुधार प्रर्याप्त नरहेको बताएको छ ।

समूहले अक्टोबरको सुरुमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले भनेको छ, “कम्तीमा ३० प्रतिशत भूमि तथा ३० प्रतिशत तटीय क्षेत्रलाई कानूनी, वातावरणीयरुपमा नै संरक्षित गर्न जरुरी छ । यसलाई ट्रान्स–यूरोपियन नेचर नेटवर्क बनाएर संरक्षण गर्नु जरुरी छ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *