विश्व

४.९ प्रतिशतले बढ्यो चिनियाँ अर्थतन्त्र

संसारको दोस्रो ठुलो अर्थतन्त्र चीनको कुल ग्राहस्थ उत्पादन तेस्रो त्रैमासमा ४.९ प्रतिशतले वृद्धि भएको छ ।

चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सोमबार प्रकाशित गरेको तथ्यांकअनुसार यस आर्थिक वर्षको तेस्रो त्रैमासिक(जुलाई–सेप्टेम्बर) मा अर्थतन्त्र ४.९ प्रतिशतले बढेको हो।

कोरोना महामारी सुरुभएसँगै यो वर्षको पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्र ६.८ प्रतिशतले खुम्चिएको थियो। जुन सन् १९७६मा साँस्कृतिक क्रान्ति सकिएपछि चिनियाँ अर्थतन्त्रको आकार अघिल्लो वर्षको तुलनामा घटेको त्यो पहिलो पटक थियो।

दोस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्र सुधारोन्मुख देखिएको थियो । दोस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्र ३.२ प्रतिशतले बढेको थियो।

कोरोनाभाइरसबाट विश्व आक्रान्त भैरहेको बेला चीनले भाइरसलाइृ नियन्त्रणमा लिँदै आरालो लागिरहेको अर्थतन्त्रलाई चलायमान बनाएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले यस वर्ष चीनको अर्थतन्त्र १.९ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *