विश्व

सहमती कार्यान्वयन बारे भारत र श्रीलङ्काबीच छलफल

कोलम्बो । भारत र श्रीलङ्का बीचमा विगतमा भएका सहमती कार्यान्वयनका बारेमा छलफल भएको छ ।

श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलङ्काका विदेश मन्त्री दिनेश गुनावार्डेनालाई भेटेर विगतका सहमती कार्यान्वयनका बारेमा कुराकानी गरेका हुन् ।

उनीहरुका बीचमा विषेश गरेर गत महिना दुई देशका प्रधानमन्त्रीका बीचमा भएको भर्चुअल बैठकमा भएको सहमतीका विषयमा छलफल भएको थियो । “श्रीलङ्का लागि भारतीय उच्च आयुक्तले श्रीलङ्काका विदेश मन्त्रीलाई आज भेट्नु भएको छ, उहाँहरु बीचको छलफल उपलब्धीमुलक भएको छ,” भारतीय उच्च आयुक्तको आधिकारीक ट्वीटर हेन्डलमा शनिबार लेखिएको छ ।

भारतीय उच्च आयुक्तले यसअघि गत बिहीबार श्रीलङ्काका उर्जा मन्त्री उदय गम्मान्पीलासँग उर्जा सुरक्षा प्रवद्र्धनका बारेमा छलफल गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षका बीचमा गत महिना भर्चुअल शिखर बैठक भएको थियो । बैठकमा एक अर्काका बीचमा सहयोग आदान प्रदान, सहकार्य र आपसी सम्वन्ध सुधार लगायतका विषयमा सहमती भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *