विश्व

जर्मनीमा फेरि फैलियो कोरोना, अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित

जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार गएको २४ घन्टायता कम्तीमा पनि सात हजार जना सङ्क्रमितहरु देखिएका हुन् ।

यहाँका अधिकारीहरुका अनुसार जर्मनीमा पछिल्ला हप्ताहरुमा कोभिडको दोस्रो लहर आएको छ । जसका कारण पहिलाको भन्दा धेरैजना जना सङ्क्रमितहरु देखिएका हुन् ।यहाँका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टायता यहाँ ७ हजार ३३४ जना सङ्क्रमित थपिएका छन् । यो संख्यालाई उनीहरुले जर्मनीमा महामारी शुरुभए यताकै सबैभन्दा धेरै संख्या भएको भनेका छन्

जर्मनीका स्वास्थ्य अधिकारीहरुले जर्मनीमा पहिलो पटक एकै दिनमा यति ठूलो संख्यामा धेरै सङ्क्रमितहरु देखिएको समाचारमा जनाएका हुन् ।उता बिहीबार मात्र पनि जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताएका थिए ।

जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितमरु बढ्दै गएकोले उहाँले सो कुरा बताएका हुन् ।उनले बिहीबार पत्रकार सम्मेलनमा भन्नुभएको थियो –हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ ।

उनले अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका सङ्क्रमितहरु बढ्दै गएका र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती भएको छ भन्नुभएको थियो ।

तर पनि अहिलेको अवस्थामा जर्मनीले लकडाउन गर्न सक्ने अवस्थामा भने नरहेको पनि उहाँले स्पष्ट गर्नुभएको छ ।आर्थिक हिसाबले पनि अर्काे पटकको लकडाउनको अवस्थामा जान नसकिने र यही खुला रहेकै अवस्थाबाट नै उपचारका विधिहरु तय गर्नुपर्नेमा यहाँका अधिकारीहरुले जोड दिँदै आएका छन् ।

जर्मनीमा अहिलेसम्ममा तीन लाख ४८ हजार ५५७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी यहाँ ९ हजार ७३४ जनाको ज्यान गएको बताइएको छ । यकाँका २ लाख ८४ हजार जना सङ्क्रमित निको भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *