विश्व

जापानका प्रधानमन्त्री भियतनाम र इन्डोनेसिया जाने

टोकियो। जापानका नयाँ प्रधानमन्त्री योशिहिदे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जाने भएका छन् ।

उनको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले शुक्रबार जानकारी दिए ।

पहिलो बैदेशिक भ्रमणका क्रममा प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जाने उनले बताए ।

निवर्तमान प्रधानमन्त्री सिन्जो आबेले पनि प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो वैदेशिक भ्रमण यिनै दुई देशमा गरेका थिए ।

जापानमा गत महिना संसदबाट सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । अस्वस्थताको कारण देखाउँदै तत्कालीन प्रधानमन्त्री आबेले राजीनामा दिएपछि उनले अहिले नै प्रधानमन्त्री बन्ने मौका पाएका हुन् ।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेले झण्डै एक बर्ष कार्यकाल बाँकी रहेकै बेला अनपेक्षित रुपमा गत अगस्ट २८ तारिखका दिन राजीनामा दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *