विश्व

किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजिनामा दिने घोषणा

किर्गिस्तानका राष्ट्रपति सौरोनबे जीनबेकोवले राष्ट्रपति पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।

राष्ट्रपतिविरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कँदै गएपछि राष्ट्रपति जीनबेकोवले राजिनामा दिन लागेको अनुमान गरिएको छ ।

राष्ट्रपति जीनबेकोवले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने, “म सत्तामा रहिरहन चाँहन्न । किर्गिजस्तानका जनताको भावना विपरीत आफूले काम नगर्ने र जनताको रगतमा उभिएर शासन गर्न मलाई रत्तिभर रुचि छैन । त्यही कारण म राजिनामा दिँदैछु ।”

राष्ट्रपति जीनबेकोवले प्रधानमन्त्री सादिर जापारोभ र अन्य राजनीतिक नेताहरुलाई मुलुकमा शान्ति बहाल गर्ने कार्यमा तत्पर हुन समेत आग्रह गर्नु भएको छ ।

किर्गिस्तानको हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको भन्दै देशव्यापी विरोध प्रदर्शन जारी छ । सरकारले शान्ति सुरक्षा कायम गर्ने भन्दै सेना र प्रहरीलाई राजधानी विश्केक लगायतका प्रमुख शहरमा परिचालन गरेको छ ।

प्रहरीले सयौं प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ । पूर्व सोभियत संघबाट अलग्गिएर स्वतन्त्रता प्राप्त गरेको किर्गिजस्तान मध्य एसियाकै निकै गरिब मुलुकमा गनिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *