विश्व

ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा पुनः सक्रिय, स्वस्थ्य भइसकेको दावी

फ्लोरिडा । झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थालेका छन् ।

कोरनो भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उनी केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति निवासमा मात्रै रहेका थिए । सार्वजनिक कार्यक्रमहरुमा सहभागी भएका थिएनन् ।

त्यसपछि सोमबार पहिलो पटक उनी फ्लोरिडामा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रममा उनी मास्क विना सहभागी भएको थियो भने भिडमा रहेका अन्य अधिकांश सहभागीहरुले पनि मास्कको प्रयोग गरेका थिएनन् ।

उनले कार्यक्रममा जोडतोडका साथ भाषण गर्दै आफू स्वस्थ भइसकेको र आफूलाई कुनै शारीरिक वा स्वास्थ्यसम्वन्धी समस्या नरहेको दावी गरे ।

उनले प्रतिस्पर्धी जोन बाइडेनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको र सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाए ।

उनले आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने भनिएका चारवटा राज्यमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति ट्रम्पलाई ११ दिन अगाडि कोरोनाको लक्षण देखा परेको थियो । गत आइतबार मात्रै उनी संक्रमणमुक्त भइसकेको उनका निजी चिकित्सकहरुले बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *