विश्व

टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्पको धक्का

टोङ्गा । प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा गएको थियो । टोङ्गाको तटीय इलाका नजिकको लिफुका गाउँमा निकै ठूलो भूकम्पको धक्का महशुस गरिएको भए पनि क्षतिको विवरण प्राप्त भइसकेको छैन ।प्रशान्त महासागरीय मुलुक टोङ्गा भूकम्पीय जोखिमयुक्त राष्ट्र हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *