विश्व

विनाशर्त किमसँग भेट्न तयार छु : जापानी प्रधानमन्त्री सुगा

एजेन्सी । नवनिर्वाचित जापानी प्रधानमन्त्री योशिहिदा सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग विना शर्त भेट्न तयार रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा साधारण बहसको क्रममा सुगाले यस्तो बताएका हुन् ।

‘जापानका नयाँ प्रधानमन्त्रीको हैसियतमा म विनाशर्त कोरियाका नेता किमसँग भेट्न तयार छु’ सुगाले भने । जापान उत्तर कोरियासँगको सम्बन्ध सुधार्न आतुर रहेको उनले बताए ।

‘जापान प्योंगयांगसँग सम्बन्ध सुधारतर्फ केन्द्रित छ’, सुगाले भने, ‘सन् २००२ मा हस्ताक्षर गरिएको द्विपक्षीय सम्झौताको अनुसार दुबै देशहरूले कोरियाली प्रायद्वीपमा परमाणु र मिसाइलको मुद्दा र सन् १९७० र ८० को दशकमा अपहरण गरिएको जापानी नागरिकको मुद्दालाई समाधान गर्ने प्रयास गर्नेछ ।’

यस्तै, स्थगित भएको टोकियो ओलम्पिक आगामी ग्रीष्ममा गर्न जापान कटिबद्ध रहेको सुगाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *