सियोल- उत्तर कोरियाली नेता किम जोङ-उनले यसैसाता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट दक्षिण कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा मागेका छन्।
उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको चियोङ वा डाईका राष्ट्रिय सुरक्षा निर्देशक एवं राष्ट्रपति मूनका वरिष्ट सुरक्षा सल्लाहकार सूह हूनले बताएका छन्।




